काठमाडौं, वैशाख ३ । २०८० सालको पहिलो कारोबार दिन आइतबार नै नेप्से घटेको छ । आज नेप्से दुई दशमलव ८० अंकले घटेर १९ सय ३१ दशमलव ६८ अंकमा सीमित भएको छ ।
यसैगरी सेन्सिटिभ शुन्य दशमलव २६ अंकले घटेर तीन सय ६७ दशमलव ३३ अंकमा सीमित भएको छ । आज नेप्सेमा दुई सय ६५ वटा कम्पनीहरुको ३३ हजार एक सय ४९ पटकको कारोबारमा ३० लाख ५६ हजार सात सय ७५ कित्ता खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम ९७ करोड ४५ लाख ९९ हजार ६१ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये वाणिज्य बैंक, फाइनान्स, जीवन बीमा, निर्जीवन बीमा र होटल तथा पर्यटन समुहको सूचक बढेका छन् भने विकास बैक, फाइनान्स, जलविद्युत, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य ट्रेडिङ सहितका नौ वटा समुहहरूको सूचक घटेका छन् ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज आर्दश लघुवित्त वित्तीय संस्था, मुलुङ हाइड्रो पावर कम्पनी, कालिञ्चोक दर्शन लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने एसियन हाइड्रोपावर कम्पनी, सगरमाथा जलविद्युत कम्पनी, महुली लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरूको सुचीमा भने सोल्टी होटल लिमिटेड, एनआईसी एशिया बैंक, हिमालयन डिस्ट्रिलरी प्रालि आदि परेका छन् ।