Kath khabar
नवनियुक्त परराष्ट्रमन्त्री साउदद्धारा पदभार ग्रहण


                   काठमाडौं, वैशाख ३ । नवनियुक्त परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउदले आज राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको सपथ लिएका छन् । मन्त्री साउदले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आइतबार आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले मन्त्री साउदलाई पद तथा गोपनियताको सपथ गराएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य साउदलाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेका छन् ।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहयप्रसाद यादव, प्रधानमन्त्री दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति थियो ।

पदभार ग्रहण गरेसँगै उनले प्रधानमन्त्री दाहालको भारत भ्रमणको प्रक्रियालाई तीव्रता दिने बताए । प्रधानमन्त्री भएपछि दाहालले छिमेकी मुलुक भारत वा चीनको भ्रमण गरेका छैनन् ।

कांग्रेसका केन्द्रीय सदस्य साउद यसअघि २०७० सालमा सिँचाइमन्त्री र २०५७ सालमा शिक्षा तथा खेलकुद राज्यमन्त्री थिए । कांग्रेस नेता साउद २०५६ र २०७० सालमा कञ्चरपुर जिल्लाको क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । पछिल्लो समय उनी कञ्चनपुर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

 

 

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  १७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update