भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं, वैशाख ३ । भारतबाट डिजेल र पेट्रोलको मूल्य बढेर आएको छ।
आइतबार इन्डियन आयल कर्पोरेसन (आइओसी)ले पठाएको मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ६.३३ रुपैयाँ बढेर आएको छ ।
यस्तै, डिजेलमा करिब एक रुपैयाँले बढेर आएको छ । अहिले नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ छ।
प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८० २०:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय