Kath khabar
तनहुँको पिउरी दोभानमा जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु, सात घाइते


                   तनहुँ, वैशाख ४ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका-१२ पिउरी दोभानमा जीप दुर्घटना भएको छ ।

दुर्घटनामा परी जीपका चालकको घटनास्थलमै मृत्यु भएको छ भने सात यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए । मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार नगरपालिका–६ बस्ने ३९ वर्षीय कुलबहादुर सुनार छन् ।

घाइते हुनेमा तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ का २१ वर्षीया मोतिकला भुजेल, सोही स्थानका ३५ वर्षीया बबिता भुजेल, ३१ वर्षीया कल्पना भुजेल, आठ वर्षीय आरभ भुजेल, ९ वर्षीया रुसिका थापा, ३० वर्षीया तिलकुमारी थापा र २७ वर्षीया हेमकुमारी भुजेल छन्।

आइतबार साँझ दुलेगौंडाबाट पिउरी दोभानतर्फ जाँदै गरेको ग १ ज ७९४२ नम्बरको जिप पिउरी दोभानस्थित भित्री कच्ची सडकमा अनियन्त्रित भई दुर्घटना भएको हो ।

घाइतेमध्ये मोतिकलाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ भने अन्य घाइतेको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ।

 

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update