Kath khabar
प्रधानमन्त्री, सभामुख र कांग्रेस सभापति बालकोटमा

 

                     काठमाडौं, वैशाख ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ओली निवास बालकोट पुग्नुभएको छ ।

अध्यक्ष ओली अस्वस्थ भएपछि सवैधानिक परिषद सम्बन्धी विधेयक, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकलाई अगाडि बढाउने विषयमा छलफल गर्न मुख्य दलका शीर्ष नेताहरु बालकोटमा भेला भएका हुन् ।

छलफलमा सहभागी हुन नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हीतराज पाण्डे, एमाले प्रमुख सचेतक पदम गिरी र सचेतक महेश बर्तौला, कांग्रेस प्रमुख सचेतक रमेश लेखक पनि बालकोट पुग्नुभएको छ ।

विगत केही दिनदेखि संवैधानिक परिषद् सम्बन्धी विधेयक र सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकलाई अगाडि बढाउन शीर्ष नेताहरूबीच छलफल भइरहेको छ। प्रधानमन्त्री प्रचण्ड र देउवा एकै गाडिमा ओली निवास पुगेको बताइएको छ ।

 

 

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update