Kath khabar
बिस्का: जात्राको अन्तिम दिन आज टोखामा सार्वजनिक बिदा

 

                   काठमाडौं, वैशाख ४ ।  बिस्का: जात्राको अन्तिम दिन टोखा सोमबार नगरपालिकाले सार्वजनिक बिदा दिने भएको छ । टोखा नगरपालिकाको दशौँ कार्यपालिकाको बैठकले हरेक वर्ष मनाइने टोखाको ऐतिहासिक पर्व बिस्केट जात्राको उपलक्ष्यमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।

बिस्का: जात्राको उपलक्ष्यमा टोखा नगरपालिकाभित्रका वडा कार्यालय तथा स्वास्थ्य संस्था, विद्यालयहरू बन्द रहने प्रमुख अधिकारीले बताए । काठमाडौँ उपत्यकाको सबैभन्दा पुरानो जात्रा मानिने टोखाको बिस्का: जात्राको ऐतिहासिक महत्व समेत रहेको छ । सामाजिक सद्भावका साथ मनाइने टोखाको बिस्केट जात्रामा विशेष खटमा सजाइएका गणेश, कुमारी, सपनतीर्थ, मसान काली र चण्डेश्वरी लगायतका देवी देवतालाई नारायण पोखरीमा स्नान गराउने चलन रहेको छ । 

यही वैशाख १ गतेदेखि सुरु भएको बिस्केट जात्राको अन्तिम दिन वैशाख ४ गते देवीदेवताहरूलाई आ-आफ्नो स्थानमा विराजमान गराउने चलन छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  १४:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update