Kath khabar
रिक्त प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन तीन दल सहमत

 

                    काठमाडौं, वैशाख ४ ।  संवैधानिक परिषद्को बैठकबाट सर्वोच्च अदालतको रिक्त प्रधानन्यायाधीशमा नाम सिफारिस गर्न तीन राजनीतिक दलका शीर्ष नेता र सभामुखबीच सहमति भएको छ । लामो समयदेखि उक्त पद रिक्त छ ।

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख देवराजबीच सहमति भएको छ । बैठकमा घिमिरेले कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

बैठक अध्यक्ष ओलीको बालकोटस्थित निवासमा आज बसेको हो । संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइपछि प्रधानन्यायाधीशको नियुक्ति हुनेछ । सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग ऐन, २०७१ र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकलाई अगाडि बढाउने विषयमा पनि छलफल भएको थियो ।

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update