Kath khabar
नेप्से राताम्मै, सबै सूचक घट्यो


                     काठमाडौं, वैशाख ४ । नेप्से राताम्मै देखिएको छ । आज सोमबार नेप्से २३ दशमलव ६४ अंकले घटेर १९ सय आठ दशमलव चार अंकमा सीमित भएको छ ।

यसैगरी सेन्सिटिभ पनि चार दशमलव ७८ अंकले घटेर तीन सय ६२ दशमलव ९६ अंकमा झरेको छ । आज दुई सय ६७ वटा कम्पनीहरूको २७ हजार चार सय ३७ पटकको कारोबारमा ३१ लाख ४४ हजार पाँच सय ७३ कित्ता शेयर खरिद बिक्री भएका छन् । सो अनुसार आज कुल कारोबार रकम ९२ करोड ७८ हजार पाँच सय ७१ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य ट्रेडिङ समुहहरूको सूचक घटेर नेप्से पुरै रातो भएको छ ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज आर्दश लघुवित्त वित्तीय संस्था, कालिञ्चोक दर्शन लिमिटेड, मैलुङखोला हाइड्रो पावर कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने सनराइज ब्लुचिप फण्ड, एनआईसी एशिया ग्रोथ फण्ड, युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर कम्पनी, पिपुल्स पावर लिमिटेड आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने अरुण भ्याली हाइड्रो पावर कम्पनी, माछापुच्छ्रे बैंक, शिवम् सिमेन्ट आदि परेका छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update