काठमाडौं, वैशाख ४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सवारी चालक शम्भु भनिने दिलबहादुर थापाको दुर्घटनाबारे राजनीतिकरण नगरिदिन अनुरोध गरेका छन् ।
लामिछानेले सामाजिक सञ्जालमार्फत उनको स्वास्थ्य अवस्था बिहानको भन्दा सुधारिएको र स्थिर रहेको जानकारी दिएका छन् । उनले भनेका छन्, 'प्रहरी पनि अनुसन्धानमा छ । यस्तो बेला यो भन्दा धेरै म सँग तपाईलाई भन्ने कुनै शब्दै छैन ।'
लामिछाने भनेका छन्, 'म नेताभन्दा पहिले मानिस हुँ । म पनि थाक्छु, गल्छु । मेरा आँखामा पनि आँसु आउँछन् । बिन्ती छ, यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुन चुक बोकेर नआउनु होला । स्तरहीन बनेर राजनीतिकरण नगर्नु होला ।'
लामिछानेले सबले उसका लागि प्रार्थना तथा स्वास्थ्य लाभको कामना गर्न अनुरोध गर्दै, राजनीति गर्न सिङ्गो जीवन छ, यस्तो संवेदनशील घडिमा मौका नछुप्नु होला भनेका छन् ।