फोहोर नउठाएको विषयमा काठमाडौं महानगरविरुद्ध सर्वोच्चमा रिट दर्ता
काठमाडौं, वैशाख ४ । सिंहदरबारभित्रको फोहोर नउठाएको विषयमा काठमाडौं महानगरपालिकाविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
सिंहदरबारभित्रको फोहोर नउठाएका कारण जनस्वास्थ्यमा नकारात्मक असर परेको भन्दै वातावरण संरक्षणको क्षेत्रमा काम गर्दै आएका अधिवक्ता पदमबहादुर श्रेष्ठले रिट दायर गरेका हुन् ।
फोहोर उठाउन काठमाडौं महानगरपालिकाविरुद्ध आदेश मागसहित श्रेष्ठले रिट दायर गरेका छन् । उक्त रिट निवेदनमाथि मंगलबार प्रारम्भिक सुनुवाइ हुने अदालत स्रोतले जनाएको छ । महानगरका मेयरको निर्देशनपछि ८ दिनदेखि सिंहदरबारभित्रको फोहोर उठ्न सकेको छैन ।
प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८० १७:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय