Kath khabar
आजदेखि एसीसी प्रिमियर कप सुरु, नेपालले मलेसियासँग खेल्दै
Photo : CAN

 

                       काठमाडौं, वैशाख ५ । एसियाली क्रिकेट काउन्सिल एसीसी प्रिमियर कप क्रिकेट आजदेखि नेपालमा सुरु हुँदैछ ।

नेपालसहित १० वटा देशले खेल्ने प्रतियोगिताका खेलहरु त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा हुनेछन् । पहिलो खेलमा नेपालले आज मलेसियासँग खेल्दैछ। टस जितेर मलेसियाले पहिले ब्याटिङ रोजेपछि नेपालले पहिले मलेसियाविरुद्ध बलिङ गर्दैछ । खेल बिहान ९ः३० बजेदेखि त्रिवि क्रिकेट मैदानमा सुरु भएको छ ।

मलेसियासँगका पछिल्ला ५ वटा खेलमध्ये नेपाल सबैमा विजयी भएको छ । विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । नेपालको रोहित पौडेल र मलेसियाको अहमद फैजले कप्तानी गर्नेछन् । नेपालले अनुभवी खेलाडी ज्ञानेन्द्र मल्ललाई आजको खेलमा मौका दिने सम्भावना छ । ज्ञानेन्द्र तेस्रो नम्बरमा खेल्नेछन् ।

प्रतियोगिता समूह 'ए' मा आयोजक नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब छन् । समूह 'बी' मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । प्रतियोगिता वैशाख ५ देखि १८ गतेसम्म टियु र मुलपानीमा हुनेछ ।

नेपाली टिमः रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, भीम सार्की, आसिफ शेख, प्रतिष जिसी, ज्ञानेन्द्र मल्ल, ललित राजवंशी र कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने

वैकल्पिक खेलाडीः किशोर महतो, अर्जुन साउद, सन्दीप जोरा, सूर्य तामाङ

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  ०९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update