Kath Khabar
‘गणपति’ को गीत ‘गाढा भैदियो’ रिलिज, मुकुन र मेनुकाको दुई कालखण्ड देख्न सकिने


                      काठमाडौं, वैशाख ५ । जेठ ५ गते रिलिज हुने नेपाली चलचित्र ‘गणपति’ को गीत सार्वजनिक भएको छ । ‘गाढा भैदियो’  बोलको यो गीत छोटो भर्सनमा रिलिज गरिएको हो । यो गीतलाई चलचित्रमा नै पुरा हेर्न सकिने निर्देशक सबिन अधिकारीले बताए ।

यस गीतमा निर्देशक अधिकारीले नै शब्द तथा संगीत रचना गरेका छन् भने अनिश अधिकारी र बेनिशा पौडेलको स्वर रहेको छ । गीतको भिडियोमा चलचित्रका मुख्य पात्रहरु मुकुन भुषाल र मेनुका प्रधानको दुई जीवनकाललाई देखाइएको छ ।

गणपतिले हाम्रो समाजको चरित्र चित्रण गर्ने बताउँदै कोही व्यक्ति कुनैबेला त्यही समाजको भगवान बन्ने र उहि व्यक्तिलाई हाम्रै समाजले कसरी नरकीय व्यवहार गर्छ भन्ने यो चलचित्रमा प्रस्तुत गरिएको निर्देशक अधिकारीले बताए । यसमा मुकुन र मेनुकाको साथमा कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, सुशील पोखरेल लगायतको अभिनय रहेको छ ।

निर्माता लक्ष्मण थापाले यो चलचित्रले आस्थाकोरुपमा रहेका भगवान र भौतिक रुपमै पृथ्वीमा उपस्थित मानिसबीचको फरक देखाउने बताए । एबिगम्यान फिल्मसको ब्यानरमा थापाले निर्माण गरेको यस चलचित्रमा हरिबहादुर घलेको छायांकन रहेको छ ।
 


 

 

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update