काठमाडौं, वैशाख ५ । द्वन्द्वपीडित र प्रहरीबीच धकलाधकेल भएको छ। संक्रमणकालीन न्यायसम्बन्धी प्रस्तावित विधेयकले पिडकलाई उन्मुक्ति दिन खोजिएको भन्दै द्वन्द्व पीडित संघर्ष समिति ब्यानरमा भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारी बीच झडप भएको हो।
सो क्रममा केही प्रदर्शनकारी पक्राउ परेका छन्। नयाँबानेश्वरको एभरेष्ट होटल अगाडिको सडकबाट प्रहरीले करिब एक दर्जन प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको समितिले जनाएको छ।
प्रतिनिधिसभा बैठकको सुरुमै राप्रपाले मिटरब्याज पीडितमाथि प्रहरीको आक्रमणप्रति भर्तस्ना गरेको छ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै राप्रपा अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले सोमबार न्यायका लागि संघर्ष गरेका मिटरब्याज पीडित माथि प्रहरीले आक्रमण गरेको भन्दै भर्त्सना गरेका हुन्।
राज्य भएको अनुभूति गराउनुपर्ने सरकारले न्यायका लागि याचना गरेका पीडित माथि नै आक्रमण हुनु दु:खद् भएको भन्दै उनले मिटरब्याजपीडित र तराई क्षेत्रमा संघर्षमा उत्रिएका हरुवाचरुवाको न्यायका लागि आफू सडकमा उत्रिने चेतावनी दिए।