Kath khabar
बालेन्द्र शाह विरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा

 

                    काठमाडौं, वैशाख ५ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाह विरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ ।

अधिवक्ता पदमबहादुर श्रेष्ठले सोमबार रिट दायर गरेको रिटको सुनुवाइ मंगलबार कामु प्रधानन्यायाधीश कार्कीको एकल इजलासको आठौं नम्बरमा तोकिएको थियो।

सिंहदरबार र राष्ट्रपति कार्यालय महाराजगञ्जको फोहोर नउठाएको भन्दै कामपा प्रमुख साहविरुद्ध सर्वोच्च अदालतमा अधिवक्ता पदम श्रेष्ठले रिट दर्ता गरेका थिए । अधिवक्ता पदम श्रेष्ठले काठमाडौं महानगरपालिकाले कानुन विपरीत फोहोर संकलन नगरेको उल्लेख गर्दै तत्काल फोहोर संकलन गरी ल्यान्डफिल्ड साइडमा लैजान, नियमित फोहोर संकलन र बिसर्जन गर्नु पर्ने लगायतका माग गर्दै सोमवार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  १५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update