Kath khabar
फिजीमा ६.३ म्याग्नेच्युडको शक्तिशाली भूकम्पको धक्का

 

                फिजी, वैशाख ५ ।  टर्किएमा विनाश मच्चाएपछि अहिले फिजीमा शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यस भूकम्पको तीव्रता रिक्टर स्केलमा ६.३ मापन गरिएको छ ।

भूकम्पको धक्का यति शक्तिशाली थियो कि मानिसहरु त्रसित भएका थिए । फिजी दक्षिण प्रशान्त महासागरमा रहेको एउटा देश हो, जुन ३०० भन्दा बढी टापुहरूको द्वीपसमूह हो। जसमध्ये १०६ मा स्थायी बसोबास भएका छन् ।

एनसीएसका अनुसार बिहान १० बजेर १ मिनेट ४३ सेकेण्डमा भूकम्प गएको हो । यसको केन्द्र जमिन भित्र ५६९ किलोमिटर गहिरो थियो। एनसीएसले ट्वीट गर्दै भूकम्पबाट हालसम्म कुनै मानवीय क्षति नभएको जनाएको छ ।

अर्कोतर्फ युएसजीएसका अनुसार एक साताभित्र यो दोस्रो भूकम्प हो । यसअघि बिहीबार पनि फिजीमा भूकम्प गएको थियो जसको तीव्रता रिक्टर स्केलमा ४.३ मापन गरिएको थियो ।

यसअघि अप्रिल ३ मा पपुवा न्युगिनी र तिब्बतमा भूकम्पको धक्का महसुस गरिएको थियो । आइतबार-सोमबार राति तिब्बतको शिजाङ सहरमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो १ः१२ बजे शिजाङमा भूकम्प गएको हो । त्यसपछि मानिसहरूमा त्रास फैलिएको थियो र ठूलो संख्यामा मानिसहरू घरबाट बाहिर निस्केका थिए।

यसअघि पपुवा न्युगिनीमा शक्तिशाली भूकम्प गएको थियो । जसको तीव्रता रिक्टर स्केलमा ७.३ मापन गरिएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार राति करिब ११ बजेर ३४ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको थियो । यस भूकम्पमा कुनै पनि प्रकारको क्षति नभएको बताइएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update