काठमाडौं, वैशाख ५ । साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से सुचक तथा कारोबार रकम दुबै घटेको छ ।
नेप्से आज तीन दशमलव सात अंकले घटेर १९ सय चार दशमलव ९८ अंकमा सीमित भएको छ भने सेन्सिटिभ शुन्य दशमलव १७ अंकले बढेर तीन सय ६३ दशमलव चार अंकमा चढेको छ । आज नेप्सेमा दुई सय ६६ वटा कम्पनीहरुको २४ हजार चार सय ४९ पटकको कारोबारमा २९ लाख ७५ हजार नौं सय २० कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम ८७ करोड चार लाख ४८ हजार एक सय ५१ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये निर्जीवन बीमा, होटल तथा पर्यटन र सामूहिक लगानी कोष समुहको सूचक बढेका छन् भने वाणिज्य बैंक, जलविद्युत, जीवन बीमा, विकास बैंक, फाइनान्स, लगानी, उत्पादनमूलक, लघुवित्त, अन्य र टे«डिङ समुहहरूको सूचक पनि घटेका छन् ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज कालिञ्चोक दर्शन लिमिटेड, मुलुङ हाइड्रोपावर कम्पनी लिमिटेड, सनराइज ब्लुचिप फण्ड आदिको शेयर मूल्य बढेका छन् भने खप्तड लघुवित्त वित्तीय संस्था, आर्दश लघुवित्त वित्तीय संस्था, बुद्धभूमि नेपाल हाईड्रोपावर लिमिटेड आदिको शेयर मूल्य घटेका छन् ।
यसैगरी आज प्रभु बैंकको संस्थापक शेयर, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था, स्टान्डर्ड चार्टड बैंक, शिवम् सिमेन्ट आदिको बढी रकम कारोबार भएका छन् ।