काठमाडौं, वैशाख ५ । एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले सुखद सुरुवात गरेको छ । समूह 'ए' को पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ ।
कीर्तिपुरस्थित टियु मैदानमा भएको उद्घाटन खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो । जितको लागि २ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३६ दशमलब २ ओभरमा ४ विकेट गुमाएर विजयी लक्ष्य सहज रुपमा पुरा गर्यो ।
नेपालका लागि भीम सार्की र कुशल मल्लले अर्धशतकीय इनिङ्स खेले । ३३ दशमलब २ ओभरमा सन्दीप लामिछानेले शतकीय साझेदारी तोडेका थिए ।नेपालका कप्तान रोहित पौडेल ४३ बलमा ५ चौकासहित ४२ रन बनाएर आउट भए ।
मलेसियाका लागि विजय उन्नी,विरनदिप सिंह,मोहम्मद वाफिक र रिजवान हैदरले समान १/१ विकेट लिए । मलेसियाका कप्तान अहमद फैजले ९५ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ७६ रन बनाएपनि टोलीको जितको लागि पर्याप्त हुन सकेन । नेपालले अर्को खेल वैशाख आठ गते शुक्रबार ओमानसँग खेल्नेछ ।