शिक्षा
विद्यार्थी एनओसी विरुद्ध उत्रिए सडकमा
‘हाम्रो शिक्षा हाम्रो अधिकार, एनओसी विधेयक खारेज गर’जस्ता प्लेकार्ड बोकेर मंगलबार नयाँबानेश्वर क्षेत्रमा विद्यार्थी सडकमा उत्रिएर प्रदर्शनमा उत्रिएका हुन्
काठमाडौं, वैशाख ५ । अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई नो अब्जेक्सन लेटर (एनओसी) दिन रोक लगाइएको भन्दै विद्यार्थीहरु सडकमा उत्रिएर प्रदर्शन गरेका छन्।
‘हाम्रो शिक्षा हाम्रो अधिकार, एनओसी विधेयक खारेज गर’जस्ता प्लेकार्ड बोकेर मंगलबार नयाँबानेश्वर क्षेत्रमा विद्यार्थी सडकमा उत्रिएर प्रदर्शनमा उत्रिएका हुन्।
शिक्षा मन्त्रालयले स्नातक वा त्योभन्दा माथिको उच्च शिक्षा पढ्न जानेका लागि मात्र एनओसी दिइने गरी ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका २०७९’ जारी गरेपछि विद्यार्थी सडकमा उत्रिएका हुन्।
प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८० १६:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय