खेलाडीलाई मासिक ३ हजार दिने सांसद ज्ञानेन्द्र शाहीको संसदबाट घोषणा
काठमाडौं, चैत २९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधिसभा सांसद ज्ञानेन्द्रबहादुर शाहीले आफूले पाउने मासिक तलबबाट ३ हजार रुपैयाँ नेपाली खेलाडीको नाममा जम्मा गरिदिने घोषणा गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद शाहीले आफ्नो प्रत्येक महिनाको तलबको ३ हजार खेलाडीलाई दिने घोषणा गरेका हुन् ।
सांसद शाहीले भने, 'हामी ८८४ जना छौं यदि हरेक सांसदले महिनाको ३ हजार खेलाडीको नाममा खर्च गर्दा २६ लाख ५२ हजार रुपैयाँ प्रत्येक महिना खेलाडीले पाउँछन् र देशको नाम संसार भर चिनाउन सहयोग पुग्नेछ।'
बैठकमा शाहले प्रदेश खारेज र प्रतिनिधिसभाको सांसदको संख्या घटाउन पनि माग गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८० १७:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय