राष्ट्रपति पौडेलको स्वास्थ्य बिग्रियो, उपचारका लागि एयर एम्बुलेन्स भारत लैजाने तयारी
काठमाडौं, वैशाख ६ । राष्ट्रपति रामचन्द्र पौडेललाई एयर एम्बुलेन्सबाट उपचारका लागि भारत लैजाने तयारी भइरहेको छ ।
मंगलबार साँझ अचानक स्वास्थ्यमा समस्या आएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका अध्यक्ष पौडेललाई थप उपचारका लागि एयर एम्बुलेन्समार्फत भारत लैजाने तयारी गरिएको छ । लामो समयदेखि उहाँ छातीको संक्रमणबाट पीडित हुनुहुन्छ । सचिवालयका एक सदस्यका अनुसार भारतबाट एयर एम्बुलेन्स आइपुगेको र उहाँलाई भारत लैजाने तयारी गरिएको छ ।
राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राजनीतिक दलका शीर्ष नेता तथा शुभचिन्तक अस्पतालमा भेला भएका छन् ।
प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८० ०९:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय