Kath khabar
बिस्केट जात्राको अन्तिम दिन: नासमना पुग्यो रथ

 

                    भक्तपुर, वैशाख ६ । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा हिजो मध्यरातिदेखि सम्पन्न भएको छ ।

गत चैत २७ गतेदेखि टौमढीबाट भैरवको रथ तानेर सुरु भएको जात्रा मंगलबार साँझ ग:हिटीबाट पुन: भैरवको रथ तानेर मनाइएको छ । मंगलबार साँझ सबै पूजा सम्पन्न भएपछि तान्न थालिएको रथ राति ९ बजे नासमना पुर्‍याएर फर्काउने क्रम जारी रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिनुभयो । उहाँले मध्यरातसम्म रथलाई टौमढी ल्याएर देवतालाई देवगृहमा पुर्‍याएर जात्रा सम्पन्न हुने बताउनुभयो ।

जात्राको सुरुको दिन रथ तान्ने क्रममा राति ढुङ्गा हानाहान हुँदा ११ जना पक्राउ परेका थिए भने २३ जना घाइते भएका थिए । आजको जात्राको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, अनुसन्धान विभाग र सिभिल प्रहरी गरी जात्राका लागि एक हजार पाँच सय सुरक्षाकर्मी परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।

चालीस जना प्रहरीलाई हातहातमा मोबाइल दिएर फोटो र भिडियो खिच्न मात्रै परिचालन गरेको बताउँदै हिजो पनि ढुङ्गा हानाहान गरे खोजी गरी पक्राउ गरेर सार्वजनिक मुद्दा चलाउने बताउनुभयो । विसंअनुसार सौरमासको आधारमा चल्ने यो जात्रा नववर्षको चार दिनअघिदेखि तान्त्रिक विधिअनुसार प्रारम्भ गरी वैशाख ५ गते रथ तानेर जात्रा सम्पन्न गर्ने गरिन्छ ।

जात्राको अन्तिम दिन साँझ टौमढीबाट रथ तान्न सुरु गरेको छ । स्थानीयले टौमढीका तल र माथिका बासिन्दाले आ–आफ्नो क्षेत्रमा लैजान रथ तानेका हुन् । रथलाई तानेर टौमढी पुर्‍याएपछि यसवर्षको जात्रा सम्पन्न हुनेछ ।

काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराइसकेपछि परम्पराअनुसार ग:हिटीबाट माथिल्लो र तल्लो क्षेत्रका बासिन्दाले रथ तानेका छन् । रथलाई तानी सकेपछि आजै रातिसम्म रथलाई पाँचतले मन्दिर अगाडि तौमढीमा लगेर राखी रथबाट भैरव देवतालाई झिकेर मन्दिरमा लगेर विराजमान गराएपछि जात्रा सम्पन्न गरिन्छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  १०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update