स्वर्णिम वाग्लेलगायतका विभिन्न नेताहरूको नागरिकता छानबिनको माग गर्दै गृह मन्त्रालयमा निवेदन
काठमाडौं, वैशाख ६ । नेपाल समाजवादी मोर्चाका संयोजक युवराज पौडेल 'सफल'ले नेपालका विभिन्न पार्टीमा रहेका नेताहरूको नागरिकताबारे छानबिन गर्न माग गर्दै गृह मन्त्रालयमा निवेदन दिएका छन् ।
उनले दोहोरो नागरिकता लिएको भन्दै डा.स्वर्णिम वाग्ले, दिलेन्द्रप्रसाद बडू, मिनेन्द्र रिजाल, राजेन्द्र महतो, डा. नारायण खड्का, परमानन्द झा, देवेन्द्रराज कँडेल, सरिता गिरी, सुजाता कोइराला रेणु दाहाल, गंगा दाहाल प्रधानलगायतका नेताहरूको नागरिकता छानबिन गर्न आग्रह गर्दै पौडेलले निवेदन दिएका हुन् ।
पौडेलले छानबिन आयोग गठन गरी नेपाली नेताहरूसँग भएको विदेशी ग्रिन कार्ड एवं नागरिकताको छानबिन गर्न मन्त्रालयसँग माग गरेका छन् ।
प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८० ११:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय