काठमाडौं, वैशाख ६ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दशौं चरण अन्तर्गतको तीन खेलहरु हुँदैछन् ।
आज हुने पहिलो खेलमा जावलाखेल र नेपाल पुलिस क्लब भिड्नेछन् । खेल ललितपुरको च्यासल मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ । ९ खेलबाट १७ अङ्क जोडेको जावलाखेल तालिकाको शीर्ष स्थानमा छ भने समान खेलबाट ५ अङ्क मात्रै जोडेको पुलिस पुछारमा छ।
दशरथ रङ्गशालामा हुने अर्को खेलमा एपीएफ र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३ बजे सुरु हुनेछ । समान खेलमा १३ अंकसहित आठौं स्थानमा रहेको मछिन्द्र आज चौंथो जितकै लागि प्रतिस्पर्धा गर्दैछ ।
तेस्रो खेल अन्तर्गत आज दशरथ रङ्गशालामा नै फ्रेण्ड्स क्लब र सङ्कटाबीच प्रतिस्पर्धा हुनेछ । खेल साँझ ६ बजे सुरु हुनेछ । ९ खेलमा दुई जित र २ बराबरी गरेर आठ अङ्क बटुलेको फ्रेण्ड्स पुच्छारबाट दोस्रो स्थानमा छ । ४ जीत र ३ बराबरी खेल्दै १५ अङ्क जोडेको सङ्कटा तालिकाको सातौँ स्थानमा रहेको छ।