Kath khabar
१५ अंकले बढ्यो नेप्से


                        काठमाडौं, वैशाख ६ । लगातार घटेको नेप्से आज बुधबार भने बढेको छ । नेप्से आज १५ दशमलव १३ अंकले बढेर १९ सय २० दशमलव १२ अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ पनि दुई दशमलव ८५ अंकले बढेर तीन सय ६५ दशमलव ९० अंकमा पुग्न सफल भएको छ ।

आज दुई सय ७३ वटा कम्पनीहरुको २३ हजार पाँच सय तीन पटकको कारोबारमा २५ लाख ७९ हजार तीन सय २५ कित्ता शेयर खरिद बिक्री भएका छन् । सो अनुसार कुल कारोबार रकम ८७ करोड २१ लाख ४१ हजार एक सय १६ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार हुँदा सामूहिक लगानी कोष समुहको सूचक घटेको छ भने वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, अन्य र ट्रेडिङ समुहहरूको सूचक पनि बढेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज कालिञ्चोक दर्शन लिमिटेड, मुलङ हाइड्रोपावर लिमिटेड, हिमालयन पावर पार्टनर लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने आर्दश लघुवित्त वित्तीय संस्था, श्वेतगंगा हाइड्रो पावर कम्पनी लिमिटेड, जोशी हाइड्रो पावर कम्पनी लिमिटेड, बिन्दवासिनी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेड आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर, तारागाउँ रिजेन्सी होटल, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, शिवम् सिमेन्ट आदि परेका छन् ।

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update