Kath khabar
हिजो भिटामिन 'ए' र जुकाको औषधि खान छुटेका बालबालिकालाई आज पनि खुवाइँदै

 

                 काठमाडौं, वैशाख ७ ।  सरकारले ५ वर्ष मुनिका बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ ।

आफ्ना बालबालिकालाई पायक पर्ने खोप केन्द्रमा लगेर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ । हिजो भिटामिन 'ए' र जुकाको औषधि खान छुटेका बालबालिकालाई आज खुवाउन लागिएको हो ।

६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ । सरकारले हरेक वर्ष वैशाख र कात्तिक महिनामा भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउँदै आएको छ ।

स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण जोखिम कामयै रहेकाले खोप केन्द्रमा स्वास्थ्यका मापदण्ड पालना गर्न तथा मास्क लगाउन पनि अनुरोध गरेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update