Kath khabar
जाजरकोट र रुकुम जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचिदा २ जनाको मृत्यु

 

                  जाजरकोट, वैशाख ७ ।  जाजरकोट र रुकुम जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचिदा २ जनाको ज्यान गएको छ ।

जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १२ तल्लु ठुलाबगरमा निर्माण भइरहेको बेलिब्रिज भाँचिदा २ जनाको ज्यान गएको हो । यस्तै अन्य २ जना घाइते भएका छन् ।

उनीहरूको परिचय खुल्न नसकेको र प्रहरी टोली घटनास्थल जाँदै गरेको जाजरकोटका प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले जानकारी दिनुभयो । घटनास्थल जाजरकोट-डोल्पा सडक भेरी कोरीडोरमा पर्छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १५:००
प्रतिक्रिया दिनुहोस्
Weather Update