राजनीति
सांसद पद खोसिएको मुद्दामा राहुल गान्धीको अपील पनि अदालतद्वारा खारेज
२०१९ मा मोदी थरको बारेमा दिएको बयानमा सुरतको सत्र अदालतले उनलाई २ वर्षको जेल सजाय सुनाएको थियो, जसको विरुद्धमा उनले पुनरावेदन दायर गरेका थिए
सुरत, वैशाख ७ । सुरतको एक अदालतले मानहानि मुद्दामा कांग्रेस नेता राहुल गान्धीको अपील खारेज गरेको छ।
मार्च २३ मा सुरतको सत्र अदालतले राहुल गान्धीलाई २ वर्षको जेल सजाय सुनाएको थियो र फैसलालाई चुनौती दिन १ महिनाको समय पनि दिएको थियो।
२०१९ मा मोदी थरको बारेमा दिएको बयानमा सुरतको सत्र अदालतले उनलाई २ वर्षको जेल सजाय सुनाएको थियो, जसको विरुद्धमा उनले पुनरावेदन दायर गरेका थिए।
गत महिना सत्र अदालतको फैसलापछि राहुल गान्धीको लोकसभा सदस्यता खारेज भएको थियो ।
प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८० १६:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय