Kath khabar
पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो भारत भ्रमणमा

 

                दिल्ली, वैशाख ७ ।  पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारी सांघाई सहयोग संगठनको बैठकमा सहभागी हुन भारतको गोवा आउँदैछन् । एससीओका विदेश मन्त्रीहरुको बैठक मे ४ र ५ मा बस्दैछ । पाकिस्तानको विदेश मन्त्रालयले यसबारे जानकारी दिएको छ ।

पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता मुमताज बलोचले पत्रकार सम्मेलनमा भने, “परराष्ट्रमन्त्री बिलावल भुट्टो जरदारी मे ४ र ५ मा हुने एससीओ बैठकमा सहभागी हुन गोवा जानेछन् । उनी भारतीय विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणामा भारत जाँदैछन् । परराष्ट्रमन्त्रीको यो भ्रमणले एससीओ बडापत्रप्रतिको हाम्रो प्रतिबद्धता र यस क्षेत्रमा हाम्रो महत्त्वलाई देखाउँछ।

यस वर्षको जनवरीमा भारत सरकारले पाकिस्तानका विदेशमन्त्री भुट्टोलाई एससीओमा सामेल हुन निम्तो दिएको थियो । एससीओ सन् २००१ मा गठन भएको थियो। यो एक राजनीतिक, आर्थिक र सैन्य संगठन हो जसको लक्ष्य यस क्षेत्रमा शान्ति, सुरक्षा र स्थिरता कायम गर्नु हो।

यो संगठन पश्चिमी देशहरूको संगठन नेटो को रूपमा सुरु भएको थियो। भारत, पाकिस्तान, कजाकिस्तान, चीन, किर्गिस्तान, रुस, ताजिकिस्तान र उज्वेकिस्तान यसका सदस्य हुन्।

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update