काठमाडौं, वैशाख ८ । एसीसी प्रिमियर कपअन्तर्गत जारी खेलमा नेपालले ओमानलाई जितका लागि ३११ रनको विशाल लक्ष्य दिएको छ । नेपालका लागि कुशल मल्लले कीर्तिमानी शतक प्रहार गरे। यो नेपालले ओडिआईमा बनाएको हालसम्मकै उच्च योगफल हो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनाएको हो । टिमको स्कोर शुन्य रनमा रहँदा दुवै ओपनरलाई गुमाएको नेपालले २८ औं बलमा रनको खाता खोलेको थियो । नेपालले तेस्रो ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेललाई शून्यमा गुमाएको थियो ।
कुशल मल्लले ६४ बलमा १०८ रन, सोमपाल कामीले ४८ बलमा ६३ रन, भिम सार्कीले ५६ बलमा ३३ रन, करन के.सीले १५ बलमा २९ रन, आरिफ शेखले ४३ बलमा २९ रन, रोहित पौडेलले ३४ रनमा २३ रन, सन्दीप क्षेत्रीले १० रनमा ८ बल, दिपेन्द्र सिंह ऐरीले १२ बलमा ७ रन बनाए । भीम सार्की ३३, आरिफ शेख २९, रोहीत कुमार पौडेल २३, सन्दीप लामिछाने ८ तथा दीपेन्द्रसिंश ऐरी ७ रनमा आउट भए भने करण केसी २९ रनमा नट आउट रहे ।
वलिङतर्फ ओमानका आएन शानले २ तथा जतिन्दर सिं, विलान खान, काले मुल्लाले समान एक एक विकेट लिए ।