Kath khabar
उपनिर्वाचनको दिन मनकामना केबलकार बन्द रहने


                 काठमाडौं, वैशाख ८ । वैशाख १० गते मनकामना केबलकारको सेवा बन्द रहने भएको छ ।

चितवन क्षेत्र नं २ मा हुन लागेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उक्त जिल्लाको कुरिनटारबाट गोरखा जिल्लाको प्रशिद्ध शक्तिपिठ मनकामना जाने केबलकार मतदानको दिन सञ्चालन हुदाँ भिड बढ्ने र सुरक्षा संवेदनशिल बढ्ने हुँदा उक्त दिन मनकामना केबलकार बन्द रहने मनकामना दर्शन प्रालि ले जनाएको छ ।

उपनिर्वाचनलाई लक्षित गरी केबलकार सेवा बन्द गर्न जिल्ला प्रशासन कार्यालय चितवनले गरेको आग्रह अनुसार सेवा बन्द गर्न लागिएको हो । मनकामना केबलकारको बटम स्टेसन चितवनको कुरिनटार क्षेत्र नं २ भित्र पर्छ । वैशाख ११ गते देखि केबलकार पुनः सञ्चालनमा आउने प्रा लिले जनाएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update