Kath khabar
मेयर हर्क साम्पाङ विरुद्ध अख्तियारमा उजुरी

 

                   धरान, वैशाख ८ ।  धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ विरुद्ध मुद्दा दायर भएको छ । केही वडाध्यक्षहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेका हुन् । 

मेयर साम्पाङले सामाजिक सञ्जालमा दिएको जानकारी अनुसार उनकै उपमहानगरपालिकाका वडाध्यक्षहरुले उजुरी हालेका हुन् । मेयर साम्पाङले सञ्चानल गरिरहेको खानेपानी सहयोग अभियान विरुद्ध वडाध्यक्षहरूले अख्तियारमा उजुरी हालेको उनले बताएका छन् । 

‘जनताले स्वस्फूर्त दिएको सहयोग लिएर धरानको खानेपानी समस्या समाधान गर्न खोज्दा मलाई मेरा विरोधीहरूले अख्तियारमा उजुरी दिएका छन्’, मेयर साम्पाङले बिहीबार लेखेका छन्, ‘यो बारेमा आम धराने जनता र आम नेपाली जनता बोल्नुपर्ने बेला आयो।’

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  १४:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update