Kath khabar
सिंहदरबारको फोहोर उठाउन काठमाडौं महानगरलाई सर्वोच्चको आदेश


                काठमाडौं, वैशाख ८ । सर्वोच्च अदालतले सिंहदरबारभित्रको फोहोर तीन दिनभित्र उठाउन काठमाडौं महानगरलाई आदेश दिएको छ । महानगर प्रमुख मेयर बालेन्द्र शाह (बालेन) ले सिंहदरबारभित्रका फोहोर नउठाउने अडान लिए पनि सर्वोच्च अदालतले फोहोर उठाउन आदेश दिएको हो।

न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले आदेश प्राप्त गरेको मितिले तीन दिनभित्र फोहोर उठाउन अन्तरिम आदेश दिएको सर्वोच्च अदालतले जनाएको छ। अधिवक्ता पदमबहादुर श्रेष्ठले मेयर बालेनले सिंहदरबारको फोहोर नउठाउने अडान लिएपछि महानगरविरुद्ध रिट दायर गरेका थिए ।

संघीय सरकारले आफूहरुसँग समन्वय र सहयोग नगरेको भन्दै गत चैत २४ गतेदेखि शितलनिवास, सिंहदरबार तथा बालुवाटार क्षेत्रको फोहोर नउठाउन शाहले निर्देशन दिएका थिए ।

 

 

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update