Kath khabar
सामाजिक सञ्जालहरूमा भ्रम सिर्जना गर्ने अभिव्यक्तिहरू प्रकाशित भएकोमा निर्वाचन आयोगलाई रास्वपाको ध्यानाकर्षण

               चितवन, वैशाख १० । राष्ट्रिय स्वतन्त्र पार्टीले सामाजिक सञ्जालहरूमा भ्रम सिर्जना हुने गरी विभिन्न किसिमका अभिव्यक्तिहरु पोस्ट भइरहेकोमा निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

सामाजिक सञ्जालहरूको दुरुपयोग गरी भइरहेका यस्ता  खालका  अफवाह फैलाउनेहरूको निगरानी गर्न तथा कानुन बमोजिम कारवाही गर्न निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएको हो । यस खालका झुठा पोष्टहरूप्रति सम्बन्धित सबै सजग रहन रास्वपाले अनुरोध गरेको छ  ।

यस्ता गलत अभ्यासले आजका नेपालीलाई भ्रमित बनाउन सक्दैन भन्ने सबैले बुझ्नुपर्ने भन्दै रास्वपाले बताएको छ -
राष्ट्रिय स्वतन्त्र पार्टीका सम्बन्धमा आमजनमानसमा भ्रम सिर्जना गर्ने विभिन्न किसिमका अभिव्यक्तिहरू सामाजिक सञ्जालहरूमा प्रकाशित भएको विषयमा निर्वाचन आयोगलाई इमेल मार्फत ध्यानाकर्षण गराउनुका साथै, सत्य तथ्य छानबिन गरी दोषीमाथि कानुन बमोजिम कारबाही गरियोस् भनी निवेदन पेस गरेका छौ ।

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  ०९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update