Kath khabar
चितवन २ मा रवि लामिछाने र रामप्रसादले भोट हाल्न नपाउने

 

                 चितवन, वैशाख १०। चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेले र नेकपा एमालेका रामप्रसाद न्यौपानेले मतदान गर्न नपाउने भएका छन् ।

उनीहरुको नामावली चितवन क्षेत्र नम्बर २ मा नभएकाले मतदान गर्न नपाउने भएका हुन् । त्यस्तै न्यौपानेको मतदाता नामावलीमा नाम नै नभएकाले मतदान गर्न नपाएका हुन् ।

नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले भने चतुर्मुखी उच्च मावि शक्तिखोरबाट मतदान गरिसकेका छन् । चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नम्बर १ र बारा क्षेत्र नम्बर २ मा बिहान ७ बजेबाट उपनिर्वाचनका लागि मतदान सुरु भएको छ । तीनै निर्वाचन क्षेत्रमा निर्वाचनका कारण अत्यावश्यकबाहेकका सवारी रोकिएका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  १०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update