Kath khabar
बाराका केहि मतदान केन्द्रको बुथ कब्जा भएको सिके राउतको आरोप

 

                 बारा, वैशाख १० ।  जनमत पार्टीका अध्यक्ष सिके राउतले बाराका केहि मतदान केन्द्रमा बुथ कव्जा भएको आरोप लगाएका छन् । आइतबार बारामा सञ्चारकर्मीसंग कुरा गर्दै राउतले पचरौताको बेलडारी केन्द्रमा जसपाका कार्यकर्ताहरुले बुथ कव्जा गरेको आरोप लगाएका हुन् ।

उनले जनमतको बुथ एजेण्टलाई भित्र छिर्न नदिएको र ३/४ दिन अघि देखि नै बुथ कव्जा भएको बताए । प्रहरी प्रशासनलाई पटक पटक जानकारी गराउदा पनि सुरक्षा दिन नसकेको उनको भनाइ छ ।

उनले मतदान केन्द्रमा त्रासको वातावरण देखिएको भन्दै प्रहरीको पनि मिलोमतो देखिएको आरोप लगाए । बारा २ बाट निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन भएको हो ।

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update