Kath khabar
आचारसंहिता उल्लंघन गरेको भन्दै कांग्रेस उम्मेदवार भट्टराईलाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन

              

               तनहुँ, वैशाख १० ।  तनहुँ क्षेत्र नं १ का नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई जिल्ला आचारसंहिता अनुगमन समिति तनहुँले आचारसंहिता उल्लंघन गरेको आरोपमा २४ घण्टाभित्र स्पष्टीकरण सोधेको छ ।

वैशाख ७ गते राति मौनअवधि सुरू भइसकेपछि अर्थात् मोबाइलबाट भ्वाइस म्यासेज पठाएर मत मागेको उजुरी परेपछि नेपाली कांग्रेसका उम्मेदवार भट्टराईलाई स्पष्टिकरण सोधिएको हो ।

समितिले उहाँलाई २४ घन्टाभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौलीमा आफै वा प्रतिनिधिमार्फत् उपस्थित भएर स्पष्टिकरण पेश गर्न भनेको छ।

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update