काठमाडौं, वैशाख १० । फोक लोक र दाफा धुकूले दाफा धुकू पासा कार्यक्रमको लागि आवेदन खोलेको छ। दाफा धुकू पासा प्रोग्राम कीर्तिपुर नगरपालिकाको समुदायमा आधारित एक शताब्दी पुरानो सांगीतिक अभ्यास, दाफा परम्परामा केन्द्रित कार्यक्रम हो।
दाफा ढुकु पासा कार्यक्रमलाई दाफा धुकू र सतोरी सेन्टर फर द आर्ट्सको फोकलोक कार्यक्रमसँगको समन्वयमा अमेरिकी दूतावासको बुक बस तथा कीर्तिपुर नगरपालिकाको सहयोगमा आयोजित गरिँदै छ। नेपाल भाषामा ‘पासा’ को शाब्दिक अर्थ मित्र हुन्छ । सोही नामले सुझाए अनुरूप, पासा प्रोग्राम कीर्तिपुर नगरपालिकामा २० देखि ३० दाफा अभ्यासकर्ता, बुद्धिजीवि र रुचिकर्ताका लागि अभ्यास समुदाय स्थापना गर्न निर्माण गरिएको कार्यक्रम हो ।
आयोजकले कीर्तिपुरवासी साथै किर्तिपुर बाहिर बसोबास गर्ने र दाफा संगीत र परम्परामा इच्छुक सम्पूर्ण व्यक्तिहरुलाई कार्यक्रममा भाग लिन आह्वान गरेको छ। १ वर्षे पासा प्रोग्रामलाई २ भिन्न भागमा विभाजन गरिएको छ ।
कार्यक्रमको ३ महिना लामो पहिलो भाग कीर्तिपुरको दाफा संस्कृतिबारे बुझाइ तथा त्यससँगको संलग्नतामा आधारित छ भने दोस्रो भाग सहभागीहरूले दाफा पुकार नामक सांगीतिक उत्सव आयोजना गर्दै आफ्ना उद्यमशीलता, रचनात्मकता, पारस्परिक र संगठनात्मक सीप विकास गरुन् भन्ने हिसाबले तयार गरिएको छ।
कार्यक्रमबाट सहभागीहरूले प्रत्यक्ष लाभ त पाउँछन् नै, त्यस बाहेक पनि सहभागीहरूले कार्यक्रममार्फत दाफा परम्पराकेन्द्रित छलफलको वातावरण सिर्जना गर्दै दाफालाई पुनर्स्मरण र पुन: आकार दिन प्रोत्साहन गर्नेछन् । कार्यक्रमका सहभागीहरू दाफा परम्परा पुनस्जागरण गर्न सक्रिय रूपमा लाग्नेछन्। यो कार्यशाला २०८० साल जेठ ८ गते बाट सुरु हुनेछ।
दाफा ढुकू पासा प्रोग्राम २०२३ का लागि आवेदन फारम भरेपछि आवेदकहरुलाइ छनोटका लागि अन्तरवार्तामा बोलाइने छ। कार्यक्रमको बारेमा थप जानकारी हासिल गर्न वैशाख ८ गते बिहान ७ बजे देखि ९ बजे सम्म किर्तिपुर अवस्थित जात्रा रेस्टुरामा हुन गइरहेको भौतिक सूचना सत्रमा उपस्थित हुन सकिनेछ। कीर्तिपुर नगरपालिकाका दाफा समूहहरूले भने आफ्ना सदस्यहरूका लागि वैशाख ९ वा १६ गते बिहान ७ बजे देखि बेलुका ६ बजे भित्रको कुनै १२ वटामा सूचना सत्र बुक गर्न सक्नेछन् ।
कार्यक्रममा आवेदन दिने अन्तिम मिति वैशाख १७ गते हो । इच्छुक उम्मेदवारहरुले https://forms.gle/qCdaXykYAvdtHdN86 लिङ्कमा गई आवेदन दिन सक्नेछन् ।
थप जानकारीको लागि पुष्पा पलाञ्चोके कार्यक्रम व्यवस्थापक ९८६०००७५५३, एलिशा महर्जन कार्यक्रम संयोजक ९८१३००६०५३ मा सम्पर्क गर्न सक्नुहुनेछ ।