पाल्पाको जोरधारामा बस दुर्घटना हुँदा एक महिलाको मृत्यु, ३८ जना घाइते
पाल्पा, वैशाख १० । बुटवलबाट बाग्लुङ बुर्तिबाङका लागि छुटेको बस सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटवल खण्डको जोरधारामा आज बिहान दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रुपन्देही देबदह नगरपालिका ३ की ४० बर्षीया राधिका पौडेल रहेको लुम्बिनी मेडिकल कलेजले जनाएको छ । बुटवलबाट बागलुङको बुर्तिबाङतर्फ जाँदै गरेको लु१ख ५९५६ नम्बरको बस बिहान सवा ९ बजे तिर दुर्घटना भएको हो ।
३८ जना घाइतेको सोही अस्पतालमा उपचार भइरहेको अस्पतालका प्राचार्य डाक्टर राजु प्रसाद शाक्यले जानकारी दिनुभयो । बस राजमार्गभन्दा करिब १०० मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ । घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८० १४:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय