काठमाडौं, वैशाख १० । साताको पहिलो दिन आज आइतबार नैं नेप्से घटेर रातै देखिएको छ । नेप्से आज १८ दशमलव ८० अंकले घटेर १८ सय ८५ दशमलव ६० अंकमा सीमित भएको छ ।
यसैगरी सेन्सिटिभ पनि चार प्रतिशतले घटेर तीन सय ५९ दशमलव १३ अंकमा सीमित भएको छ । आज दुई सय ६५ वटा कम्पनीहरुको ३१ हजार चार सय १५ पटकको कारोबारमा २७ लाख ३४ हजार तीन सय सात कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट कुल कारोबार रकम ८२ करोड ८५ लाख ३४ हजार ३६ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा होटल तथा पर्यटन समुहको सूचक बढेर वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सूचक घटेका छन् ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज सनराइज ब्लुचीप फण्ड, कालिञ्चोक दर्शन लिमिटेड, मुलुङ हाइड्रोपावर लिमिटेड आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरुको सुचीमा सनराइज इक्विटी फोकस फण्ड, सिटिजन्स म्युचुअल फण्ड २, एनआईसी एशिया ग्रोथ फण्ड आदि परेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुका सुचीमा भने मुलुङ हाइड्रोपावर कम्पनी, एनआईसी एशिया बैंक, तारागाउँ रिजेन्सी होटल, कालिञ्चोक दर्शन लिमिटेड आदि परेका छन् ।