Kath khabar
युरो कपः इटालीको बिजयी सुरुवात, टर्कीमाथि तीन सुुन्य गोलको शानदार जित

युरोकपको उद्घाटन खेलमा इटालीले टर्की माथि तीन शुन्य गोलको सहज जीत हात पारेको छ । इटालीले, घरेलु मैदान रोम स्थित स्तेदियो ओलम्पिकोमा गएराती भएको खेलमा इटालीले पहिलो हाफमा दवाब बनाए पनि गोलको गर्न सकेन ।

खेलमा १६ हजार भन्दा बढि दर्शकलाई प्रवेश दिइएको थियो । जर्जियो किलीनीको हेडर टर्की गोलकिपर उचेन चेकरले उत्कृष्ट बचाउ गर्नुभएको थियो । ५३ औं मिनेटमा इटालीले उपहार गोल मार्फत गोलको खाता खोलेको थियो । टर्कीका मेरि डेमिरालले, इटालीका डोमिनिको बेरार्टीको क्रसलाइ क्लियर गर्ने क्रममा आफ्नै पोस्टमा गोल गर्नुभएको थियो ।

६६ औं मिनेटमा चिरो इम्मोबिलेले अग्रता दोब्बर बनाउनुभयो । उनानअसीऔं मिनेटमा लारेन्जो इजिनसिनाले गोल गरेपछि अजुरीले तीन शुन्य गोलको  शानदार जीतका साथ युरोकपको आफ्नो यात्रा सुरु गरेको छ । इटालीले युरोकपमा पहिलो पटक दुई भन्दा बढी गोल गरेको हो । रोबर्टो मान्सिनीको टोली २८ खेल यता अपराजित छ ।  

सन २०१८ देखी कुनैपनि खेल नहारेको इटालीले ९ खेलमा क्लिनसिट राखेको छ । कोरोना भाइरस महामारीका कारण पछिल्लो डेढ वर्षमा इटालीमा देखिएको यो सबैभन्दा ठुलो दर्शक संख्या हो । सन् १९९० को विश्वकप पछि इटालीमा भएको यो अहिले सम्मको ठुलो प्रतियोगिता हो । जीतपछि समुह ए मा रहेको इटालीले तीन अंक जोडेको छ । अब उसले समुह चरणको दोस्रो खेलमा १७ जुनमा स्विटजरल्यान्ड र टर्कीले १६ जुनमा वेल्स संग खेल्नेछ ।

प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update