कुबेत, २९ जेठ । नेपालले विश्वकप छनोटको अन्तिम खेलमा अस्ट्रेलिया संग तीन शुन्य गोलको हार बेहोरेको छ । यो संगै नेपालले तालिकाको चौथो स्थानमा रहदै छनोट खेल टुंग्यायो ।
कुबेत स्थित जावेर अल हमाद रंगशालामा भएको खेलको छैटौ मिनेटमा अष्टे«लियाले गोलको खाता खोलेको थियो । अस्ट्रेलियाका कप्तान म्याथ्यु लेक्कीले हेडर मार्फत गोल गर्दै अस्ट्रेलियालाई एक सुन्य गोलले अघि राख्नु भएको थियो । त्यसपछि पनि लगातार आक्रमण बुनेको अस्ट्रेलियाले ३८ औं मिनेटमा अग्रता दोब्बर बनायो । यो पटक लेक्कीको पासमा फ्राङक कारिसिचले सहज गोल गर्नुभयो । पहिलो हाफ अन्त्य तिर नेपाल १० खेलाडीमा सिमित बन्यो ।
नेपालका स्टार खेलाडी रोहित चन्द रातो कार्ड खादै मैदान बाहिरिनु भयो । मार्टिन बोएललाइ फाउल गरेपछि उहाँलाइ रेफ्रि अहमद अबुले सिधै रातो कार्ड दिइ मैदान बाहिर पठाउनु भएको थियो । नेपालले दोस्रो हाफमा पुरै डिफेन्सिभ खेलेपछि अस्ट्रेलियाले मात्र एक गोल थप्यो । ५७ औं मिनेटमा मार्टिन बोएलले गोल गरेपछि तीन शुन्यले पछि परेको नेपाल खेलमा फर्कन सकेन । नेपालले अस्ट्रेलियाको पोस्टमा डर लाग्दो आक्रमण गर्न सकेन् । यसका बाबजुत नेपालले सुधाएएिको खेल प्रदर्शन गर्यो ।
वलियो टोली अस्ट्रेलिया विरुद्द उत्कृष्ट डिफेन्सको नमुना पेश गरेको थियो । पुरै खेल अवधिभर कप्तान तथा गोलकिपर किरण चेम्जोङ सवैभन्दा बढी व्यस्त रहनु भयो । उहाँले एक दर्जन भन्दा बढि प्रहारको बचाउ गर्नुभएको थियो । अस्ट्रेलिया जारी छनोटमा अपराजित छ । सुरज जीउ ठकुरी, आयुष घलान र कमल थापाले डेब्यु गर्नुभएको थियो । निर्धारित समयको अन्तिम मिनेटमा उहाँहरुलाई प्रशिक्षक प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मैदान प्रपेश गराउनु भएको थियो ।
नेपाल कुल आठ खेलमा दुईमा जीत हात पार्दै ६ अंकका साथ तालिकाको चौथो स्थानमा रह्यो । विश्वकप छनौटको यात्रा सकिएपनि नेपालले प्ले अफमा स्थान बनाएको छ । यदी गएराती भएको खेलमा अस्ट्रेलियामाथि जित हात पारेको भए नेपाल सोझै एसियन कप छनौटको तेस्रो चरणमा प्रवेश गर्ने थियो । प्ले अफबाट ८ टिमले एसियनकपमा स्थान बनाउने छन् ।
खेलपछि प्रशिक्षक अब्दुल्लाहले गोर्खाली शैैलीमा खेलेको भन्दै आफ्ना खेलाडीको प्रशंसा गर्नुभएको थियो । “अन्तिम समयसम्म ढटेर खेल्ने सबै नेपाली खेलाडी मेरा लागी नायक हुन्” अस्ट्रेलियासँगको खेल पछि उहाँले भन्नुभयो । “अब म उनीहरुको प्रर्दशनबाट खुशी छु । खेलाडीले गोर्खाली शैलीमा खेले ।”