Kath khabar
बर्षाले खेल रद्द भएपछि नेपालले साउदी अरेबियासँग अंक बाँड्यो

 

                 काठमाडौं, वैशाख ११ ।  एसीसी प्रिमियर कप अन्तर्गत आज मूलपानीमा हुने तय भएको नेपाल र साउदी अरेबियाको खेल रद्द भएको छ । खेल रद्द भएपछि नेपाल र साउदी अरेबियाले अंक बाँडेका छन् । यससँगै नेपाल पाँच अङ्क जोड्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

यसअघिका दुवै खेल जितेको नेपाल ५ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा कायमै छ । समूह 'ए' मा नेपालपछि ४ अंकसहित ओमन दोस्रो स्थानमा र ३ अंकसहित साउदी अरेबिया तेस्रो स्थानमा छन् ।

समूह 'बी' को बहराइन र हङकङबीचको किर्तिपुर मैदानमा तय भएको खेल पनि रद्द हुने सम्भावना छ । समूह 'बी' मा हङकङ पहिल्यै ४ अंकसहित शीर्षमा छ । यो खेल रद्द भएमा हङकङको ५ अंक हुनेछ । यो समूहको दोस्रो स्थानमा ४ अंकसहित युएइ छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  १२:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update