काठमाडौं, वैशाख ११ । नेप्से सामान्य अंकले बढेको छ । आज सोमबार नेप्से दुई दशमलव ७१ अंकले बढेर १८ सय ८८ दशमलव ३२ अंकमा पुग्न सफल भएको छ ।
यसैगरी सेन्सिटिभ शून्य दशमलव २३ अंकले बढेर तीन सय ५९ दशमलव ३७ अंकमा पुग्न सफल भएको छ । आज नेप्सेमा दुई सय ७० वटा कम्पनीहरुको ३३ हजार दुई सय १३ वटा कम्पनीहरुको २२ लाख ६० हजार आठ सय २३ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम ७५ करोड १३ लाख ३० हजार तीन सय ९३ रुपैयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा बाँणिज्य बैंक, होटल तथान पर्यटन, लगानी र निर्जीवन बीमा समुहको सूचक घटेका छन् भने विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य ट्रेडिङ समुहहरूको सूचक पनि बढेका छन् ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज पिपुल्स पावर लिमिटेड, एनआईबिएल प्रगति फण्ड, कर्पोरेट डेभलपमेन्ट बैंक, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था, ग्रीन डेभलपमेन्ट बैंक आदिको शेयर मूल्य बढेका छन् भने कालिञ्चोक दर्शन लिमिटेड, एनएमबी सुलभ फण्ड २, सनराइज फोकस इक्विटी फण्ड आदिको शेयर मूल्य घटेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने कालिञ्चोक दर्शन लिमिटेड, तारागाउँ रिजेन्सी होटल, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड आदि परेका छन् ।