खेलकुद
शहीद स्मारक 'ए' डिभिजन लिग : एपीएफले खुमलटारलाई २-० गोलले हरायो
एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको खेलमा एपीएफले खुमलटारलाई २-० गोलले हराएको हो । एपीएफको जितमा अब्डोउ रमानी र अर्मान्ड बिडोमले १/१ गोल गरे
ललितपुर, वैशाख ११ । शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज सोमवार भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले खुमलटार एफसीलाई हराएको छ ।
एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको खेलमा एपीएफले खुमलटारलाई २-० गोलले हराएको हो । एपीएफको जितमा अब्डोउ रमानी र अर्मान्ड बिडोमले १/१ गोल गरे ।
यो जितसँगै एपीएफ १७ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा पुगेको छ । खुमलटार १३ अङ्कसहित ११ औँ स्थानमा रहेको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८० १७:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय