Kath khabar
सरकारलाई दिएको समर्थन फिर्ता लिने रविको संकेत


                चितवन, वैशाख १२ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका छन् ।

चितवन-२ को उपनिर्वाचनमा जित निश्चित भएपछि संञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिंदै सभापति लामिछानेले सरकारलाई दिएको समर्थन कायम राख्नु पर्ने कारण नदेखेको जनाएका छन् ।

उनले नेताहरूसँग भेटघाट गरेर यसबारे समिक्षा गर्नुपर्ने बताएका छन् ।  ‘सरकारलाई दिएको समर्थनबारे समिक्षा हुन्छ । त्यसलाई कायम राखिराख्न कारण देखेको छैन, सरकारमा जाने त सम्भावनै छैन ।’ उनले भने । आफ्नो पार्टी सरकारको कामप्रति सन्तुष्ट नभएको पनि लामिछानेले बताएका छन्  ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update