Kath khabar
नेप्सेमा हरियाली : सूचक तथा कारोबार रकम दुबै बढे


                    काठमाडौं, वैशाख १२ । नेप्सेमा हरियाली देखिएको छ । आज मंगलबार नेप्से १७ दशमलव ३६ अंकले बढेर १९ सय पाँच दशमलव ६८ अंकमा पुग्न सफल भएको छ ।

यसैगरी सेन्सिटिभ पनि चार दशमलव २७ अंकले बढेर तीन सय ६३ दशमलव ६५ अंकमा पुग्न सफल भएको छ । नेप्सेमा आज दुई सय ६४ वटा कम्पनीहरुको २७ हजार सात सय ६६ पटकको कारोबारमा २७ लाख पाँच सय ७० कित्ता शेयर खरिद बिक्री भएका छन् । सो अनुसार आज कुल कारोबार रकम ८८ करोड ५५ लाख ७८ हजार दुई सय ७० रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएको मध्ये सामूहिक लगानी कोष समुहको सूचक घटेपनि वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, अन्य टेडिङ समुहहरुको सूचक बढेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये तारागाउँ रिजेन्सी होटल, खप्तड लघुवित्त वित्तीय संस्था, सिटिजन्स म्युचुअल फण्ड १, हिमालयन पावर पार्टनर, माउन्टेन हाइड्रो नेपाल लिमिटेड आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरूको सुचीमा पहिलो स्थानमा सनराइज ब्लुचिप फण्ड, बलेफी हाइड्रो पावर लिमिटेड, पिपुल्स पावर लिमिटेड आदि परेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने शिवम् सिमेन्ट, कालिञ्चोक दर्शन लिमिटेड, मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर आदि परेका छन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update