सांसद डा. ढाकाकुमार श्रेष्ठको पद रिक्त भएको सदनमा जानकारी
काठमाडौं, वैशाख १२ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठको पद रिक्त भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त भएको सूचना सदनमा जानकारी गराइएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सो पार्टीले श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको सङ्घीय संसद् सचिवालयलाई प्राप्त भएको जानकारी गराउनुभयो ।
सभामुख घिमिरेले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३४ (१) बमोजिम दलबाट निष्काशन गरेको सूचनाको जानकारी सोही ऐनको दफा ३६ को प्रयोजनका लागि दफा ३५(१) बमोजिम सभालाई जानकारी गराउनुभएको हो ।
प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८० १६:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय