राजनीति
वामदेव गौतमको राष्ट्रिय सभा सदस्य विरुद्ध परेको रिटको सुनुवाइ हुँदै
भदौ २०७७ मा गौतमलाई राष्ट्रिय सभामा मनोनयन गरिएको थियो। प्रतिनिधिसभा सदस्यमा पराजित गौतमलाई सोही कार्यकालमा राष्ट्रिय सभा सदस्य बनाउन नमिल्ने जिकीर गर्दै अधिवक्ताद्वयले रिट दर्ता गरेका हुन्
काठमाडौं, वैशाख १३ । पूर्वमन्त्री वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाएको विरोधमा योग्यता माथि प्रश्न उठाएर दायर रिटको बुधबार सुनुवाइ हुने भएको छ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रिराज भट्टले दायर गरेको छुट्टाछुट्टै रिट निवेदन माथि बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो।
भदौ २०७७ मा गौतमलाई राष्ट्रिय सभामा मनोनयन गरिएको थियो। प्रतिनिधिसभा सदस्यमा पराजित गौतमलाई सोही कार्यकालमा राष्ट्रिय सभा सदस्य बनाउन नमिल्ने जिकीर गर्दै अधिवक्ताद्वयले रिट दर्ता गरेका हुन्।
प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८० १५:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय