खराब ब्याटिङ गरेको नेपालले कतारलाई दियो १५८ रनको लक्ष्य
काठमाडौं, वैशाख १४ । एसीसी पुरुष प्रिमियर कप अन्तर्गत कतारसँगको खेलमा लज्जास्पद ब्याटिङ गरेको नेपालले कतारलाई १५८ रनको सामान्य लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले नेपाल ४०.२ ओभरमा १ सय ५७ रनमा अलआउट भयो ।
नेपालका सन्दीप लामिछाने ५८ बलमा ६ चौकासहित सर्वाधिक ४२ रनमा बनाए । अन्तिम विकेटका लागि सन्दीप लामिछाने र ललित नारायण राजवंशीले ४६ रनको साझेदारी गरेपश्चात नेपाल सम्मानजनक योगफलसम्म पुग्यो । यसअघि ओमानविरुद्ध ५९ बलमै शतक हानेका युवा अलराउन्डर कुशल मल्ल आउट भएपछि नेपाल भने संकटमा पुगेको छ ।
कप्तान रोहित पौडेल २७, आसिफ शेख १९, दीपेन्द्रसिंह ऐरी १२, आरिफ शेख र सोमपाल कामी समान ११, गुल्सन झा ८, भीम सार्की ६, कुशल मल्ल ३ र कुशल भुर्तेल २ रन बनाएर आउट भएका छन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८० १२:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय