Kath khabar
नियमविपरीत घरकै सटरमा चलेको बालाजुको कोतःधुकु पेट्रोल पम्प सिल


                  काठमाडौं, वैशाख १४ । काठमाडौं महानगरपालिकाले बालाजुमा रहेको नियमविपरीत घरकै सटरमा चलिरहेको कोतः धुक पेट्रोल पम्प सिल गरेको छ ।

सोह्रखुट्टेबाट बालाजु चोकतर्फ जाँदा विष्णुमती खोलाको पुल नजिकै रहेको उक्त पेट्रोल पम्पलाई महानगरले बिहीबार सिल गरेको हो ।

बालाजु–ठमेल सडकको छेउमा रहेको आयल स्टोरका कारण स्थानीय छिमेकीले असुरक्षा बढेको भन्दै उजुरी गरेपछि फागुन १० गते काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रका सबै पम्पको अवस्थाबारे निगमसँग जानकारी मागेको थियो।

निगमलाई पम्पको कानूनी हैसियत, मापदण्ड पालना र त्यसबाट सडक र मानिसलाई हुने असुरक्षा के हो ? भनी सोधिएको थियो । पत्रको जवाफमा आयल निगमले मापदण्ड बाहिरको पेट्रोल पम्प हटाउन महानगरलाई साथ दिने धारणा व्यक्त गरेको थियो । सोहीअनुसार बिहीबार महानगरपालिकाले कोतःधुक सिल गरेको हो । यो पम्प विगत ५ वर्षदेखि घरको सटरमा नै सञ्चालनमा थियो।

 

 

 

प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update